Section 115
दाबी गर्न नसकिने
सञ्चालकले आफ्नो व्यक्तिगत हितका लागि वा बैंक वा वित्तीय संस्थालाई हानि नोक्सानी पु¥याई कुनै कारोबार गर्न लागेको हो भन्ने जानी जानी वा विश्वास गर्ने पर्याप्त कारण भएर पनि कसैले त्यस्तो सञ्चालक वा निजको प्रतिनिधिसँग कुनै कारोबार गरेको रहेछ भने सो कारोबारको सम्बन्धमा त्यस्तो व्यक्तिले बैंक वा वित्तीय संस्था उपर कुनै दाबी गर्न सक्ने छैन ।